महाधिवेशनका लागि सिटौलाको 'मोटिभेसन क्याम्प', गगन र प्रदीपले दिए साथ दिने वचन : उमाकान्त नआउँदा यस्तो स्पष्टीकरण
काठमाडौं : अर्को वर्षको फागुनमा नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुँदैछ। विश्वभर कोरोना महामारीको त्रास फैलिए पनि कांग्रेस पार्टीमा भने यतिबेला महाधिवेशनकै रन्को लाग्न थालेको छ।
आगामी नेतृत्वमा दाबी गर्ने उद्देश्यका साथ कांग्रेसका नेताहरु यतिबेला आफ्नो पक्षलाई बलियो बनाउने अभियानमा लागेका छन्। कांग्रेसको महाधिवेशन प्रक्रिय सुस्त भए पनि नेताहरुको अभियान तीव्र छ।
यही सिलसिलामा कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका कृष्णप्रसाद सिटौलाले सोमबार राजधानीमा आफ्ना पक्षकालाई बलियो देखाउन र इँटा थप्ने उद्देश्यका साथ भेला आयोजना गर्यो।
Comments
Post a Comment