२०७६ मा काँग्रेस : जागरण अभियानदेखि महाधिवेशनको मिति तयसम्म, यस्तो थियो १२ महिनाको गतिविधि


काठमाडौं : प्रतिनिधिसभामा ६३ सिटमा सीमित कांग्रेस अर्को निर्वाचनमा पहिलो पार्टी बन्ने लक्ष्यका साथ यस वर्ष निकै तात्यो। नराम्रो हार ब्योहरेको कांग्रेसले अघिल्लो वर्ष समीक्षामै बितायो। बागी उम्मेद्वारलाई दोष लगाउनेदेखि केन्द्रीय नेतालाई दोष दिनसम्म पछि परेन।
यस वर्ष आन्तरिक रुपमा कांग्रेसले महत्वपूर्ण कदम चाल्यो। पार्टी सभापति शेरबहादुर देउवा र उनी इतरका नेताहरुबीच तीव्र मतभेद भए पनि कांग्रेसले महत्वपूर्ण गतिविधि सम्पन्न गर्‍यो।
जागरण अभियानका दुई चरण सम्पन्न हुनु, नेविसंघको विवाद टुंगिनु र आफ्नो कार्यकाल एक वर्ष बढाएर भए पनि १४औँ महाधिवेशनको मिति तोकिनु कांग्रेसको लागि यो वर्षको सुखद् पक्ष रह्यो।

Comments